News

Aug 25, 2008

१४ औँ विश्व आदिवासी दिवस हङकङमा पनि सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नेपाली आदीवासी जनजाति महासंघ हंगकगले १४ औँ विश्व आदीवासी दिवस भब्यताकोसाथ मनाएको छ । गतसालहरुभन्दा आकर्षक, उच्च ब्यवस्थापन र उत्साहकोसाथ सम्पन्न १४ औँ विश्व आदिवासी दिवस
२४ अगस्ट आईतवारको दिन यामात्ये कम्युनिटी सेण्टरमा भब्यताका सम्पन्न गरिएको छ । हरेक जनजातिहरुले पिंजडाबाट मुक्त पञ्छि जस्तो उन्मुक्त महसूस गरेको यस समारोहलाई कुनै एक पर्वको रुपमा स्विकारेको अनुभूति जो कोही जनजातिले गरेको पाईएको छ । तोकिएको समयभन्दा केही ढिलोगरी सुरु भएको कार्यक्रमको औपचारिक पक्ष महासंघका महासचिव दल पुनले सम्हालेको थिए भने सभापतित्व महासंघ अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङले गर्नुभएको थियो । ठूलो समुहमा उपस्थित जनजाति मुलका तथा भावनात्मक सम्बन्ध भएका अतिथिहरुलाई संघका कोषाध्यक्ष गेन राई (चाम्लिङ) ले स्वागत गर्नु भएको थियो, भने सिमितमात्र बक्ताहरुलाई मन्तब्य राख्ने मौका दिईएको थियो । मन्तब्य
कार्यक्रम, बिभिन्न बिषयमा अग्रणी जनजातिहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम र सम्पूर्ण जातिहरुको आ आफ्नो रमाईलो साँस्कृतिक झाँकिहरु प्रस्तुत गरिएको थियो । बिशेष गरेर परम्परागत झाँकिहरुले जनजातिहरुको ऐक्यबद्धतामा ठोस भूमिका खेलेको बुद्धिजीवीहरुले अनुमान गरेको पाईएको छ । कार्यक्रममा पूणिर्मा रानामगरलाई यो बर्षो आदिवासी चेली घोषणा गरेर पुरानो सँस्कारलाई निरन्तरता दिईएको थियो । स्मरण रहोस हंगकंगमा आदिवासी चेलीको पदवी ६ बर्षअगाडि नारायण किशोर पुनको पालादेखि सुरु गरिएको हो र प्रथम चेली लक्ष्मि राई (थापा) लारा, दोश्रो कल्पना आङवोहाङ र लामो
ग्यापपछि पूणिर्मा राना मगर २००८ बर्षघोषित भएकी हुन । पूर्णीमा राना मगर हंगकंगकी राम्रो नृत्यकार हुनुकोसाथै आफ्नो कला मार्फ उनले मगर संघमा अनुबन्धित भएपनि सम्पूर्ण संघ सँस्थाहरुलाई तदारुकताकोसाथ सहयोग गर्दै आएकी समाज योग्य महिला भनेर चिनिन्छिन । तर्सथ कला संस्कृतिमार्फत आदिवासी जनजातिहरुको आन्दोलनमा अहम भूमिका निमएको ठहरगरु नेपाली आदिवासी जनजाति महासंघ हङकङले उनलाई यस वर्षो आदिवासी चेली घोषित भएकी हुन्। यसैगरी सृजनशील
साहित्य मार्फ गत एक दशकदेखि आदवासी जनजातिहरुको आवाजलाई वुलन्द गर्न ठूलो भूमिका खेलेको ठहर गर्दै कवि हाङयुग अज्ञात लिम्वूलाई यस वर्षको वर्षपुरुषको रुपमा सम्मान गरिएको थियो । दुवै जनजाति बिशिष्ट ब्यक्तित्वहरुलाई सभाका प्रमुख अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट सम्मानपत्र, बिशेष अतिथि नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्पगुच्छा तथा आदिवसी जनजाति महासंघ अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङको वाहुलीबाट बर्को तथा गाम्चा ग्रहण गराईएको थियो । औपचारिक कार्यक्रम समापन हुनु अगाडि गतबर्षाट सुरु गरिएको जनजाति साहित्य पुरस्कार जनजाति साहित्यकार देश सुव्वालाई प्रदान गरिएको थियो । १ हजार हंगकंग डलर नगद र प्रमाणपत्र रहेकेा पुरस्कार गतबर्षनेपालका राष्ट्रगान रचयिता ब्याकुल माईला प्रदिप कुमार राई) लाई वितरण गरिएको थियो भने यो बर्षशीर्षकनै आदिवासी रहेको उत्कृष्ट उपन्यास लेखक देश सुब्बालाई प्रदान गरिएको हो ।स्वतन्त्र पत्रकार र्राई चन्द्र दुमीको उदघोषणमा अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङको बाहुलीबाट नगद तथा प्रसंशापत्र, नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्प गुच्छा वितरण र प्रमुख
अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट दोसल्ला ओर्ढाईएको थियो । जनजातिहरुको हकहित सुरक्षार्थ उनीहरुको सँस्कृति र परम्पराहरुलाई हरेक कोणबाट चित्रण गर्दै आफ्नो लेखन यात्राबाटै कलमी युद्ध लडने एक होनहार योद्धा हुन, स्विकारिन्छ देश सुब्बालाई । यसैगरी २ युवा जनजाति कवि नरेश सुनुवारलाई जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले कविता संग्रहकेा लागि र कवि खेरेस देवेन्द्रलाई रुङरीको वयान र नदी किनारा नामक आदिवासी कविताको लागि कद्धरपत्र दिईएको थियो । यसैबर्ष सिर्जनशिल साहित्य समाज हंगकंगले कवि व्दयको एक एक कृति कविता संग्रह जीन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले र खेरेसको रुङरीको बयान,, प्रकाशित गरेको थियो । औपचारिक कार्यक्रमको मन्तब्यको क्रममा नेपाली आदिवासी जनजाति महासंघका प्रवक्ता भक्तवहादुर दुराले जनजातिहरुको पहिचान,स्थिति र भूत भविष्यबारे स्पष्ट पारेर आदिवासी जनजातिहरुलाई आफ्नो कर्तब्य र अधिकारबाट ब्रम्हाणवादीहरुले बञ्चित गरेर अघि बढन बाधा गरिरहेको र अव त्यस्तो सम्भन नभएको भनेर खुलासा गर्नुभयो भने, प्रमुख अतिथि र बिशेष अतिथि हुम बहादुर थापा मगर र हेम लिम्बुलेपनि यस्लाई यौटा पर्वको रुपमा विकसित गरेर लैजानुपर्ने बिचार ब्यक्त गर्नुभयो । समारोहमा किरात र्राई यायोक्खाले बिभिन्न पौराणिक चलन चल्तीको सामग्रीहरु प्रदर्शन गरेको थियो भने, सिर्जनशिल साहित्य समाजले बिभिन्न जनजाति लेखकहरुव्दारा लिखित पुस्तकहरु प्रदर्शनी गरेको थियो । ठूलो समुहमा उपस्थित नेपाली महिला पुरुषहरुको उपस्थिति र प्रतिक्षापछि अन्तमा रमाईलो साँस्कृतिक नृत्यहरु प्रदर्शन गरिएको थियो । भोगेन्द्र र्राई र सृष्टी सुनुवारको युगल जोडीले वेजोड रुपमा न्चालन गरिएको संस्कृतिक कार्यक्रममा र्राई जातिको साकेवा, लिम्वू जातिको च्याब्रुङ, गुरुङ जातिबाट कृष्ण चलित्र, मगर जातिहरुको कौडा ,सुनुवार जातिको साँदर सील, नेवारी नृत्य, डोमेस्टिक हेल्पर्रसको संयोजनमा तामाङ सेलो तथा सम्पूर्ण जातिहरुको आ आफ्नो सँस्कार सँस्कृतिको रमाईला कार्यक्रमहरु देख्न पाउँदा पिँजडाबाट मुक्र चराहरु उन्मुक्त आकासमा विचरण गरिरहेको छन आभास हुनथ्यो । यस पल्ट विषेश गरी पहिलो चोटि देखा परेको सुनुवार जातिको नाच साँदर सील आकर्षाको केन्द्र रहेको थियो । त्यही दिन नेपाली आदिवास जनजाति महासंघको नौं सदस्य वनेको सुनुवार समाजले प्रस्तुत गरेको नाचमा कलाकारहरुको अगाडिपटि लगाएको विशेष वस्त्र (जाली रुपमाल) निक्कै आकर्षक तथा नौलो देखिएको थियो । साँस्कृतिक कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गेन र्राई र सदस्य रक्षा गुरुङले गरेकाथिए भने भीयिो क्यामेरा श्याम सुनुवार र साउण्ड सीस्टमको अपरेशन गर्नेमा लक्ष्मी सम्वाहाम्फेले गरेको थियो ।कार्यक्रमको अन्तमा नेपाली आदिवासी जनजाति महासंघका सदस्य अधिराज र्राईको संयोजकत्वमा नेपालका जातजातिहरुको स्लाइड शो प्रशर्दन गरिएको थियो । त्यस्तै कार्यक्रमकै वीचवीचमा आदिवासी गीकार समाज हङकङको संयोजनमा गीतकार चन्द्र मादेन र डीवी पालुङवाव्दारा लिखित तथा संगीतकार दिनेश सुव्वा र नागेन्द्र श्रेष्ठको संगीतमा तयार पारिएकेा आदिवासी गीतहरुको प्रथम पस्तुति समेत भएको थियो । थप नयाँ कुरा सृजनशील साहित्य समाजको संयोजनमा विविध आदिवासी पुस्तक प्रदर्शन गरिएको थियो ।

No comments: