News

Aug 17, 2008

मन्त्रालय बाँडफाँट अझै मिलेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई जिताएका माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच मन्त्रालय बाँडफाँटमा अझै सहमति बन्न सकेन । मन्त्रालय बाँडफाँटबारे भएको माओवादी र मधेसी जनअधिकार फोरमबीचको छलफल पनि बिना निश्कर्ष सकिएको छ । भदौ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँ बजारमा भएको छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै फोरमका नेता जयप्रकाश गुप्ताले मन्त्रालय बाँडफाँटबारे भदौ २ गते तीन दलबीच छलफल हुने बताए । 'प्रधानमन्त्रीसँगै मन्त्रीहरुले सपथ खाने ब्यवस्था मिलाउन हामी प्रयत्नरत छौं' गुप्ताले भने । छलफलमा सहभागि माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि मन्त्रालय बाँडफाँटबारे भोलीसम्म टुङ्गो लाग्ने उल्लेख गरे । दिउँसो माओवादी र एमालेबीच मन्त्रालय बाँडफाँटबारे भएको छलफल पनि बिना निश्कर्षटुङ्गिएको थियो । फोरमले जलश्रोत मन्त्रालयमा दावी गरिरहेको माओवादीले एमालेलाई सम्झाए पनि जलश्रोत नछाड्ने अडान एमाले नेताहरुले छलफलमा राखेको श्रोत बताउछ । यसैगरी, माओवादीले एमालेलाई स्थानीय विकाशको अडान छाड्न अनुरोध गरेको तर, एमालेले पुरानो सहमति सम्झन माओवादीलाई आग्रह गरेको पनि श्रोत दावी गर्छ । श्रोतका अनुसार, आजको बैठकमा एमालेले पर्यटनको साटो भूमिसुधार मन्त्रालय लिन सहमति जनाएको छ । एमालेले पाउने ६ मन्त्रालयमा गृह, शान्ति तथा पुनर्निर्माण, स्थानीय विकाश, बन, जलश्रोत र भूमिसुधार रहेको श्रोतको भनाइ छ । उता, फोरमलाई संचार, आपूर्ति, शिक्षा र महिला तथा बालबालिका दिन माओवादी र एमालेबीच सहमति भए पनि फोरमले संचारको साटो जलश्रोत लिने अडान राखिरहेको छ । माओवादी र फोरमबीचको बैठकपछि फोरम नेता गुप्ताले सरकारको साझा न्यूनतम कार्यक्रम, सुरक्षा निकाय संचालन कार्यविधि, सरकार संचालन कार्यविधि र राजनीतिक समन्वय समितिमा तीन दलबीच भदौ २ गते बिहान १० हस्ताक्षर हुने जानकारी दिए ।

No comments: