News

Aug 20, 2008

सरकारका सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले इमानदार र निष्पक्ष भएर काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । पदभार ग्रहण गरेको भोलिपल्ट आफ्नै कार्यालयमा सामूहिक निर्देशन दिंदै उहाँले आफूले राजनीतिक आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने समेत बताउनुभएको छ । गुण र दोषका आधारमा कर्मचारीको मूल्यांकन गरिने उहाँले बताउनुभएको थियो ।निर्देशनको क्रममा उहाँले मुलुकको राष्ट्रियता, स्वतन्त्रता एवम् अखण्डतालाई सवल बनाउन हरदम क्रियाशील रहने, निजामती कर्मचारीहरूले राष्ट्र र जनतालाई सर्वोपरी ठानी कुनै पूर्वाग्रह एवम् कसैको डर त्रास नमानी निश्पक्षतापूर्वक कार्यसम्पादन गर्नुपर्नेतर्फ जोड दिनुभयो ।प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानपश्चात नयाँ सरकार गठन भएकाले अन्तर्राष्ट्रिय समुदाय र नेपाली जनताको यसमा ठूलो भरोसा रहेको र यो सरकारको सफलतामा मुलुकको भविष्य निर्भर रहेकाले यस तथ्यलाई आत्मसात गरी कार्य गर्न र राजनीतिक परिवर्तन र जनआकांक्षालाई आत्मसात गर्दै आफ्नो परम्परागत सोच, चिन्तन, कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नुभयो ।

No comments: