News

Aug 28, 2008

बाढीपीडित पुनस्थापनानिम्ति एकीकृत योजना बनाउन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सप्तकोसी डुबानबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि एकीकृत योजना बनाउने भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय केन्द्रिय विपद व्यवस्थापन समितिको आज बिहीबार बसेको बैठकले कोसी डुबान क्षेत्रका पीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि एकीकृत योजना बनाएरै काम थाल्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्रीले आगामी आइतबारसम्ममा एकीकृत योजना तयार पारेर प्रस्तुत गर्न विपद व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरवारमा बसेको बैठकमा समितिको सदस्य तथा मन्त्रीहरुको उपस्थिति रहेको थियो ।बैठकमा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले डुबान पीडितहरुको लागि पर्याप्त मात्रामा राहत संकलन भएको जानकारी दिदैं त्यसको वितरण कार्य व्यवस्थित हुन नसकेको बताउनुभएको थियो । उहाँले पानीको सतह नघटेसम्म बाँध निर्माण गर्न नसकिने बताउँदै निर्माणका लागि भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसैबीच कोसी डुबान तथा अन्य विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम भट्टराइबीच छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा आगामी बजेटका विषयमा पनि छलफल भएको बुझिएको छ ।

No comments: