News

Aug 20, 2008

डुबान पीडितहरुलाई राहत वितरण गर्न प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सप्तकोसी डुबान पीडितहरुलाई राहत वितरण गर्न कुनै कसर बाँकी नराख्न पूर्वका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । डुबान क्षेत्रको निरीक्षण गर्न आज बुधबार बिहान सुनसरी पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुलाई उद्धार कार्यमा तदारुकताका साथ लाग्न आग्रह पनि गर्नुभएको छ ।यसअघि प्रधानमन्त्रीसहित सुनसरी पुगेका नेकपा एमालेका नेता भरतमोहन अधिकारी, सभासद् नारायणकाजी श्रेष्ठ प्रकाश, केन्द्रिय दैवीप्रकोप उद्धार समितिका पदाधिकारीहरुको टोलीले हेलिकोप्टर मार्फत प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड सहितको टोलीले उद्धार गरी इनरुवाको विभिन्न स्थामा राखिएका डुवान पीडितहरुसँग भेट गर्नुभएको थियो । उद्धार गरी इनरुवाको विभिन्न स्थामा राखिएका बालबालिका तथा वृद्धवृद्धा निमोनियाबाट ग्रसित भएका छन् ।तीन दिनअघि सुनसरीको पश्चिम कुसाहास्थित सप्तकोशी नदीको तटबन्ध भत्किएर आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् भने अहिलेसम्म चारजना मृत अवस्थामा फेला परेको जनाइएको छ । पश्चिम कुसाहा, हरिपुर, श्रीपुर र लौकहीमा डुवानमा परेकाहरुको उद्धारमा नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी र अन्य उद्धारकर्ताहरुले उद्धार कार्य जारी राखेका छन् ।बाढी पसेका स्थानहरुमा रहेका तथा हराइरहेका सर्वसाधारणहरुलाई २ वटा हेलिकप्टर र एक दर्जन बढी डुङ्गावाट खोजी तथा उद्धार भइरहेको छ । उद्धारका लागि हात्ती समेत प्रयोग गरिएको छ ।

No comments: