News

Aug 16, 2008

प्रचण्डलाई भारत, संयुक्त राज्य अमेरिका, इयू र जापानले बधाई तथा शुभकामना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्रीमा शुक्रबार निर्वाचित हुनुभएकोमा भारत, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र जापानले बधाई तथा शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय जनता तथा आफ्नो व्यक्तिगततर्फाट बधाई दिँदै शुक्रबार पठाउनुभएको बधाई सन्देशमा भन्नुभएको छ- हामी दक्षिण एसियामा एकै किसिमको नियतिका साझेदार हौं र गरिबी, रोग तथा भोकविरुद्ध साझा संर्घषमा लागेका छौं। यहाँहरूको शान्तिपूर्ण लोकतान्त्रिक संक्रमणलाई प्रबल तुल्याउन र विकासका निम्ति नेपालको प्रयासलाई भारत नेपाली जनता र सरकारलाई सदैव साथ दिइरहनेछ।’प्रचण्डसँग निकट भविष्यमा भेट हुने आशा गर्दै भारतीय प्रधानमन्त्री सिंहले भारतमा अतिथिको रूपमा सकभर चाँडो स्वागत गर्न उत्सुक रहेको जनाउनुभएको छ। सन्देशमा भारतीय प्रधानमन्त्री सिंहले भन्नुभएको छ- हाम्रो दुइ देश र यहाँका जनताबीच रहँदै आएको असल छिमेकी र सुखद मित्रताको सम्बन्धलाई अझ दरिलो र गहिरो तुल्याउन म यहाँसँग सहकार्यका लागि आशा राख्दछु।’यस्तै नेपालस्थित जापानी राजदूतावासले पनि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जापान सरकारका तर्फाट प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै जारी शान्ति प्रक्रियालाई निरन्तरता दिन आग्रह गरेको छ।शान्ति प्रक्रिया निष्कर्षा पुगे मात्र नेपाली जनताले चाहेको समृद्ध नेपाल निर्माण हुने जनाउँदै प्रेस विज्ञप्तिमा भनिएको छ- नेपालको प्रजातन्त्रीकरण शान्ति प्रक्रियामा सघाउन जापान सधैं तयार रहनेछ।’जापानले विज्ञप्तिमा नयाँ नेतृत्वले नयाँ संविधान बनाउने गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने कामना पनि गरेको छ।संयुक्त राज्य अमेरिकाले पनि प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै आगामी दिनमा नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्रीकरण, मानवअधिकार तथा विकासका क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ। प्रधानमन्त्रीको चयनले नयाँ सरकार गठनमा देखिएको अप्ठयारो हटेको जनाउँदै अमेरिकी सरकारका तर्फाट नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा आउँदा दिनमा नेपाल र अमेरिकाको सम्बन्ध झन् प्रगाढ बन्ने उल्लेख रहेको छ।युरोपियन युनियन (इयू) ले पनि प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित हुनुभएकोमा स्वागत गर्दै यसले नेपाली राजनीतिमा देखिएको अनिश्चिततालाई हटाउँदै नयाँ सरकार गठनका निम्ति ढोका खुल्ला गरेको बताएको छ।इयूको नेपालस्थित अध्यक्षराष्ट्रका तर्फाट शुक्रबार जारी विज्ञप्तिमा नेपालमा शान्ति, विकास, स्थिरता र प्रजातन्त्रीकरण आगामी दिनमार् इयूले हेर्न चाहेको जनाउँदै भनेको छ’ -यी सब कार्यका लागि नेपाल सरकारलाई सघाउन इयू तयार छ।’

No comments: