News

Aug 29, 2008

साउदी अरेबिया र मलेसियामा नेपाली महिलालाई घरेलु कामदार पठाउन रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले साउदी अरेबिया र मलेसियामा नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउन रोक लगाएको छ । घरेलु कामदारका रुपमा ती देशमा जाने महिला जोखिममा परेको भन्दै सरकारले त्यता जान, पठाउन रोक लगाएको हो । श्रम तथा रोजगार प्रवर्द्धन विभागले गत सातादेखि ती देशमा जानका लागि कसैलाई अनुमति दिएको छैन ।ती दुइ देशमा रहेका नेपाली दूतावासले महिला सुरक्षित हुने किसिमको वातावरण निरमा्ण नभएसम्म घरेलु कामदारका रुपमा नपठाउन अनुरोध गरेपछि सरकारले यस्तो रोक लगाएको हो । कामका लागि जाने महिलामाथि आर्थिक, यौन शोषण हुने गरेको भन्दै उनीहरु असुरक्षित रहने अवस्था रहेको बताइएको छ ।दलालहरुले वैदेशिक रोजगारीमा पठाउँदा विशेष गरी महिलालाई भारतीय विमानस्थल प्रयोग गरी पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।सरकारले यसअघि २०५४ जेठदेखि नेपाली महिलालाई असुरक्षा हुने भन्दै खाडी मुलुकमा पठाउन प्रतिवन्ध लगाएको थियो । पछि वैदेशिक रोजगार ऐन आएपछि २०६४ भदौबाट सरकारले सबै क्षेत्रमा जान खुला गरेको थियो । महिला अधिकारकर्मीहरुले वैदेशिक रोजगारीमा जानका लागि खुला गर्न जोड दिंदै आएका छन् ।

No comments: