News

Aug 24, 2008

नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र चीनबीच सम्बन्धमा अब नयाँ आयाम थालनी हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । ओलम्पिक समापन समारोहमा सहभागी हुन हिजो शनिबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्तापछि यस्तो बताउनुभएको हो । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट अत्यन्तै महत्वपूर्ण रहेको प्रतिक्रिया प्रधानमन्त्रीले दिनुभएको समाचार एजेन्सीले जनाएका छन् । चिनियाँ अधिकारीहरुले नेपालमा भएको राजनीतिक परिवर्तनलाई सकारात्मक रुपमा लिएको जानकारी प्रधानमन्त्रीले दिनुभयो । चिनियाँ अधिकारीहरुले नेपालप्रति गहन रुचि लिएको उहाँले बताउनुभयो ।नेपालमा जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण अनि आर्थिक विकासका सम्बन्धमा छलफल भएको जनाइएको छ । चीनले नेपालको शान्ति प्रक्रिया अनि आर्थिक विकासमा सक्दो सहयोग पुर्‍याउने वचन दिएको जनाइएको छ ।

No comments: