News

Aug 29, 2008

मन्त्री परिषदको पूर्णता तथा मन्त्रीहरुको सपथ कार्यक्रम अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीले भदौ १३ गते मन्त्री परिषदले पूर्णता पाउने बताए पनि उनकै पार्टीले मन्त्रीहरुको नाम तय गर्न नसकेका कारण मन्त्री परिषदको पूर्णता तथा मन्त्रीहरुको सपथ कार्यक्रम अनिश्चित बनेको छ ।माओवादीले आफूले बनाउने पाँच मन्त्रीको नाम तय गर्न नसकेपछि मन्त्रीहरुको सपथग्रहण मिति सरेको छ । यसअघि, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १३ गते मन्त्रीहरुको सपथग्रहण हुने बताएका थिए । पाँच मन्त्रीको नाम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी सचिवालय बैठक सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग संचारमन्त्री तथा माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, 'नामहरुको अन्तिम टुङ्गो लाग्न बाँकि छ, प्रधानमन्त्रीलाई नै हामीले नाम टुङ्गो लगाउने जिम्मेवारी दिएका छौं ।' उनले भोली पार्टी सचिवालय बैठक पुन बस्ने जानकारी पनि दिए । माओवादी प्रवक्ता कृष्णबहादुर महराले अर्थमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री पदबाट राजीनामा दिएको कुरा अस्विकार गरे । 'उहाँले राजीनामा दिएको कुरा होइन तर, उहाँले उठाउनु भएको कुरा गम्भीर हो' महराले भने, 'खासगरी, प्रधानमन्त्री बाहिर भएकोबेला कार्यबाहकको प्रश्न गम्भीर हो ।' प्रधानमन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच भदौ १३ गते एमालेलाई मन्त्री परिषदमा दोश्रो वरियता दिने सहमति भएपछि अर्थमन्त्री असन्तुष्ट भएका थिए तथा असन्तुष्टिका कारण भट्टराईले अर्थमन्त्री पदबाट राजीनामा दिनलागेको चर्चासमेत चलेको थियो । सचिवालय बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै माओवादीका अर्का वरिष्ठ नेता मोहन बैद्य किरणले भने मन्त्री परिषदको वरियता बिबाद टुङ्गो लागिसकेको बताए । उनले दोश्रो वरियता एमालेलाई दिने सहमति भएको पनि उल्लेख गरे । संचारमन्त्री महराले भने वरियता बिबाद टुङ्गो बताए पनि एमालेलाई दोश्रो वरियता दिने या नदिने भन्ने प्रश्नको उत्तर दिन चाहेनन् ।

No comments: