News

Aug 22, 2008

सरकारमा एमालेको नेतृत्व वामदेवले गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेतृत्वको सरकारमा नेकपा एमालेबाट स्थायी कमिटी सदस्य वामदेव गौतमको नेतृत्वमा सहभागिता हुने भएको छ । एमालेको स्थायी कमिटी वैठकले गौतमको नेतृत्वमा पार्टीले मन्त्रिमण्डलमा सहभागिता जनाउने निधो गरेको हो । नेता गौतमले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।एमालेले मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय पाएको छ । अन्य मन्त्रीहरु को को हुने भन्नेबारे छलफल भइरहेको उल्लेख गर्दै नेतृ साहना प्रधानले ती नामहरुको अन्तिम टुंगो लागिनसकेको बताउनुभयो । आज शुक्रबार मन्त्रिमण्डल गठन हुँदैछ ।

No comments: