News

Aug 14, 2008

इराकको बग्दादमा अलपत्र नेपालीहरूमध्ये ४३ जना स्वदेश फर्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगत एक महिनाअघिदेखि इराकको बग्दादमा अलपत्र नेपालीहरूमध्ये ४३ जना स्वदेश फर्किएका छन्।नेपाल समाचारपत्रमा गत असार २५ गते इराकमा तीन सय नेपाली अलपत्र शीषाकको समाचार र्सार्वजनिक भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट भएको थियो। इराकमा अलपत्र ३ सय जना नेपालीमध्ये अमेरिकी राजदूतावासको सक्रियता र बग्दादस्थित अमेरिकी सेनाको सहयोगमा ४३ जना नेपाली शनिबार नेपाल फर्किन सफल भएका हुन्।पत्रिकाले महत्त्वका साथ पटक-पटक अलपत्र नेपालीहरूको अवस्थाबारे समाचार प्रकाशित गरेर आफूहरूको उद्धार भएको पीडितहरूले नेपाल फर्केपछि प्रतिक्रिया दिएका छन्।इराकमा एक महिनासम्म अलपत्र परी नेपाल र्फकन सफल भएका हर्कबहादुर थापाले भने- हामीले नयाँ जीवन पाएका छौं, हामीलाई सकुशल नेपाल फर्काउन नेपाल समाचारपत्रको ठूलो योगदान रहेको छ। यो पत्रिकाप्रति हामी ऋणी छौं।’इराकबाट नेपाल फर्किन सफल भएका नेपालीहरूले अमेरिकी राजदूतावास र इराकस्थित अमेरिकी सेनालाई पनि आ�नो उद्धार गरेकोमा आभार व्यक्त गरेका छन्।इराकमा अलपत्र ३ सय जना नेपालीमध्ये ४० भन्दा बढी अझै बग्दादमा अलपत्र अवस्थामा रहेका छन् भने २ सय १७ जना नेपाली इराकमा रहेका आफन्तमार्फ विभिन्न काममा लागेको नेपाल फर्केका पीडितहरूले जनाएका छन्।पीडितहरूका अनुसार नेपाली दलालहरूले मासिक ३० देखि ४५ हजार रुपियाँसम्म कमाउन सकिने प्रलोभन देखाई जनही २ लाख रुपियाँ लिएर उनीहरूलाई इराक पुर्याएका थिए।

No comments: