News

Aug 16, 2008

तीन दलबीच मन्त्रालय बाँडफाँट मिल्न सकेको छैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन एक भएका तीन दलबीच मन्त्रालय बाँडफाँटमा भने कुरा मिल्न सकेको छैन । मन्त्रालय बाँढफाँटबारे छलफल गर्न बसेको तीन दलको बैठक सहमतिमा पुग्न सकेन । साउन ३२ गते माओवादी केन्द्रीय कार्यलय बुद्धनगरमा बसेको माओवादी, एमाले, मधेसी जनअधिकार फोरमको ३ घण्टा लामो बैठकपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले मन्त्रालय बाँडफाँटबारे भोली पनि बैठक हुने जानकारी दिए । बैठकका सहभागि फोरम नेता बिजय गच्छेदारले खास मन्त्रालय पाउनुपर्ने आफ्नो दलको माग रहेको उल्लेख गरे । श्रोतका अनुसार, एमालेले उप प्रधानमन्त्रीसहित गृह, शान्ति तथा पुनर्निर्माण, बन, पर्यटन, जलश्रोत र स्थानीय बिकाश पाउने निश्चित भएको छ भने फोरमलाई संचार, आपूर्ति, महिला बालबालिका र शिक्षा दिनेमा माओवादी र एमाले सहमत छन् । तर, फोरमले अहिले संचार छाडेर जलश्रोत लिन खोजीरहेको छ तथा उप प्रधानमन्त्रीमा पनि माग राखेको छ ।

No comments: