News

Aug 19, 2008

बाँध फुटेर ३५ हजार विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीको सुनसरी पश्चिम कुसाहास्थित तटबन्ध भत्किएपछि सुनसरीका आधा दर्जन गाविस डुबानमा परेका कारण ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सोमबार दिउँसो साढे १ बजे कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किलोमिटर दक्षिणमा सप्तकोसी नदी बाँध भत्काएर गाउँ पसेको हो। नदी गाउँ पसेपछि सुनसरीका पश्चिम कुसाहा, हरिपुर र श्रीपुर गाविसको ९५ प्रतिशत भू-भाग पूरै डुबेको छ भने वसन्तपुर र लौकहीको पनि ५० प्रतिशत भू-भाग डुबानमा परेको छ।एक हप्ता अघिदेखि सप्तकोसी नदीमा बाढीको मात्रा बढे पनि भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजका पर्याप्त ढोका नखोलिएका कारण बालुवा भरिएर नदीको बहाव पूर्वी किनारतर्फखिचिएको थियो। नदीले १२१० र १२९० नम्बरको स्पर कटान गरिसक्दा पनि नेपाल तथा भारत सरकारको पक्षबाट रोकथामका लागि कुनै प्रयास नभएपछि उक्त बाँध भत्किएको कोसी टप्पु वन्यजन्तु आरक्षका वार्डेमनोज साहले बताउनुभयो।ँस्पर कटान शुरू हुनासाथ हामीले सम्बन्धित निकायलाई जानकारी गराएका हौं तर कतैबाट पनि पहल भएन, फलस्वरूप यस्तो विनाश देख्नुपर्यो’ -उहाँले भन्नुभयो।कोसी ब्यारेजमा अनावश्यक रूपमा गरिएको नियन्त्रणका कारण बालुवा थुप्रिएर पानी बग्ने सतह गाउँको सतहभन्दा अग्लो भएको थियो। कोसीको बहाव क्षेत्रभन्दा गाउँ करिब १० फिट होचो भएका कारण बाँध फुटेपछि नदीको ९० प्रतिशत पानी गाउँ हुँदै बग्न थालेको छ।नदी गाउँमा प्रवेश गरेपछि भत्किएको बाँधभन्दा दक्षिण र उत्तर दुवैतर्फपानी भरिएर आरक्ष कार्यालयका कर्मचारीहरू पनि विस्थापित हुन पुगेका छन्।

No comments: