News

Aug 17, 2008

पूर्वमा यातायात सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात मजदुरहरूले विगत एक सातादेखि पूर्वका चार अञ्चलमा गरेको यातायात बन्द गृह मन्त्रालयले हत्या गरिएका चालकका परिवारलाई क्षतिपूर्ति दिने निर्णयछि खुलेको छ। गत साउन २३ गते बसचालक कृष्ण खवासको डाँकाहरूले हत्या गरेपछि यातायात मजदुरहरूले क्षतिपूर्तिको माग राख्दै यातायात ठप्प पार्दै आएका थिए। शनिबार गृह मन्त्रालयमा मन्त्रालयका उच्च अधिकारीहरू र यातायात मजदुर संगठनका प्रतिनिधिहरूबीच भएको वार्तामा क्षतिपूर्ति दिने, राजमार्गमा सुरक्षा गस्ती बढाउने, हत्या भएका चालकका बालबच्चालाई निःशुल्क पठनपाठनको व्यवस्था गर्ने सहमतिपछि एक सातादेखि बन्द यातायात खुलेको हो।गृह मन्त्रालयले यसअघिका वार्तामा १० लाख रुपियाँ क्षतिपूर्ति दिन नसकिने जनाए पनि शनिबार मृतकको परिवारलाई सो रकम दिने सहमति जनाएको थियो। सरकारी पक्ष र मजदुरबीच भएको छबुँदे सहमतिअनुसार चालक खवासको हत्याराको खोजतलास गरी कानुनी दायरामा ल्याउने, चालकका परिवारलाई २१ दिनभित्र १० लाख रुपियाँ दिने, यातायातकर्मीहरूको सुरक्षाका लागि प्रभावकारी सुरक्षाव्यवस्था अपनाउने सहमति भएको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिम्खडाले जानकारी दिनुभयो।सरकार र मजदुरबीच भएको सहमतिपछि शनिबार साँझबाट पूर्वाञ्चलमा यातायात सेवा शुरू भएको छ।

No comments: