News

Aug 27, 2008

कोसी क्षतिबारे मन्त्री परिषद बैठक बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षति निरिक्षण गएको मन्त्रीस्तरीय टोलीका एक सदस्यले कोसीबारे महत्वपूर्ण निर्णय गर्न भदौ १२ गते मन्त्री परिषदको बैठक हुने जानकारी दिएका छन् ।कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षतिबारे महत्वपूर्ण निर्णय गर्न मन्त्री परिषदको बैठक बस्ने भएको छ । भदौ ११ गते प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएपछि राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै भ्रमण टोलीका सदस्य तथा कृषि मन्त्री जयप्रकाश गुप्ताले प्रभावित क्षेत्रमा आफूहरुले देखेको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकिएको तथा त्यसैबारे भदौ १२ गते मन्त्री परिषदको बैठक बस्ने निर्णय भएको जानकारी दिए । भदौ ११ गते बिहानै बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्न रक्षा मन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मन्त्रीहरु बिजयकुमार गच्छेदार, गुप्ता र प्राविधिक टोली गएको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले तटवन्धन भत्किएर पुगेको क्षति निरिक्षण गर्न आजै भारतीय प्राविधि टोली आइपुग्ने पनि बताए । भत्किएको तटवन्धनको मर्मत गर्न भारतले सरकारले सहयोग गर्ने वचन आफूहरुलाई दिइसकेको उल्लेख गर्दै मन्त्री गुप्ताले तटवन्धन भत्किएको ठाउँमा पानी ठूलो भएकाले तत्कालै तटवन्धन बनाउन भने नसकिने बताए । 'कोसी ब्यारेजमा खटिएका भारतीय प्राविधिकहरुलाई तटवन्धनको रेखदेख राम्रोसँग नगरेको तथा जनधनको क्षति पुग्ने सम्भावनाबारे पहिले नै खबर नबनाएकाले त्यहाँको सरकारले निलम्बन गरिसकेको छ' गुप्ताले भने ।

No comments: