News

Aug 17, 2008

सुन्दरी प्रतियोगिता रोक्न प्रधानमन्त्रीलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवादित बनेको सुन्दरी प्रतियोगिता रोक्नका लागि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरोकारवाला महिलाहरुले आग्रह गरेका छन् । महिला नेतृहरुले त्यस्तो प्रतियोगितामा प्रतिवन्ध नै लगाउन प्रधानमन्त्रीलाई भेटेर आग्रह गरेका हुन् ।नेपाल प्रगतिशील महिला फेडेरेसन लगायत महिला संगठनको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई भेटेर सुन्दरी प्रतियोगिता नारी अस्मिता लुट्ने र महिलालाई विज्ञापनको साधन बनाउने माध्यम भएको भन्दै बन्द गर्न आग्रह गरेको हो ।प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल र सरोकारवाला समूहसँग यसबारे छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेको फेडेरेसनले जनाएको छ । महिलाहरुले अरु दलका नेताहरुसमक्ष पनि प्रतियोगितामा रोक लगाउन आग्रह गरेका छन् । गत साता नै आयोजना हुने भनिएको सुन्दरी प्रतियोगिता महिलाहरुको विरोधका कारण स्थगित हुँदै आएको छ ।

No comments: