News

Nov 19, 2008

सरकारले प्रशासन सुधार समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रशासनिक क्षेत्रको सुधारका लागि सामान्य प्रशासन मन्त्री पम्फा भुषालको संयोजकत्वमा नौ सदस्यीय प्रशासन सुधार समिति गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले समितिमा डा. महेन्द्रनारायण मिश्र, अच्युतराज राजभण्डारी, विजय केसी, राजेन्द्रबहादुर सिह, वालकृष्ण प्रर्साई, मुक्ति रिजाल, सीताराम मण्डल, र डम्बरबहादुर विकलाई तोकेको छ । यसैगरी बैठकले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषदमा आर्थिक हिनामिना हुने गरेको भन्दै परिषदलाई विगठन गरेको छ । परिषदमा आर्थिक हिनामिना हुने गरेको उजुरी मन्त्रिपरिषदमा परेकाले विगठन गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृणबहादुर महराले जानकारी दिनुभयो । यसैगरी मन्त्रिपरिषदले बेपत्ता नागरिकसम्बन्धी कानुनलाई पास गरेको छ ।बेपत्ता नागरिक सार्वजनिक गर्ने कानुन नभएको कारणले अप्ठेरो परेको भन्ने गुनासो आएपछि सरकारले आज बेपत्ता गरिकसम्बन्धी कानुनलाई संविधासभा व्यवस्थापिकामा प्रस्तुत गर्नका लागि पास गरेको मन्त्री महराले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले डाक्टरहरु बिद्यानाथ नेपाल र भगवान कोइरालालाई नियुक्त गरेर राजधानीको मिनभवनमा रहेको निजामती कर्मचारि अस्पताल विकास समितिलाई पूर्णता दिएको छ ।यसैगरी बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको प्रबन्ध निर्देशकमा भेषबहादुर कँडेल र जनक शिक्षा सामग्री केन्द्रको प्रवन्ध निर्देशकमा विजयकुमार यादवलाई नियुक्त गरेको छ भने उदयुपुर सिमेन्ट कारखानाको अध्यक्षमा उद्देबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

No comments: