News

Nov 20, 2008

नेकपा माओवादीको बैठकमा स्पष्ट रूपमा दुइ खेमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारूढ नेकपा (माओवादी) को चालू केन्द्रीय समितिको बुधबारको बैठकमा स्पष्ट रूपमा दुइ खेमा देखिएको छ।भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा जारी बैठकमा दुवै पक्षबीच चर्को बहस चलेपछि बैठक निर्धारित समयमा शुरूसमेत हुन सकेको थिएन।अनौपचारिक रूपमा पटकपटक समूहगत बैठक बसे पनि पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउन कुनै निष्कर्षनिकाल्न नसकेपछि पार्टी औपचारिक बैठक निर्धारित समयभन्दा दुइ घण्टा ढिला मात्रै बसेको थियो। बैठक शुरू हुनेबित्तिकै मोहन वैद्य किरण’ का पक्षधरहरूले प्रतिवेदन सीधै राष्ट्रिय भेलामा लग्ने र भेलाले नै अन्तिम निर्णयगर्ने अडान राखेको एक केन्द्रीय सदस्यले बताए। त्यसपछि पार्टी वरियताक्रमअनुसार आ-आफनो धारणा राखेपछि मात्र प्रतिवेदन छलफलका लागि राष्ट्रिय भेलामा लग्ने वा नलग्ने निर्णयगर्नेमा दुवै पक्षबीच सहमति कायम भएको थियो।बुधबारको बैठकमा सचिवालयका नौ जना सदस्यले मात्र आ-आफना धारणा राखेको पार्टी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताउनुभयो। पार्टी विवाद थाहा पाउलान् भनेर बिहानदेखि नै सञ्चारकर्मीलाई बैठकस्थल प्रवेशमा रोक लगाइएको थियो।जिल्ला तहका कार्यकर्ताहरूको कडा सुरक्षाबीच भएको बुधबारको बैठकमा धारणा राख्ने अधिकांश सचिवालय सदस्यले मोहन वैद्यको क्रान्ति र आमूल परिवर्तनको पक्षमा वकालत गरेका थिए। ११ सदस्यीय सचिवालय सदस्यमध्ये अध्यक्ष प्रचण्ड र वरिष्ठ सदस्य वैद्यबाहेक सबैले धारणा राखिसकेको पार्टी प्रवक्ता महराले सञ्चारकर्मीहरूलाई बताउनुभयो।स्रोतका अनुसार सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव’, पोस्टबहादुर बोगटी दिवाकर’, पम्फा भुसाल र रामबहादुर थापा बादल’, ले संक्रमणकालीन गणतन्त्रबाट सीधै जनगणतन्त्रमा जानुपर्ने अडानका साथ वैद्यको प्रतिवेदन पारित गर्नुपर्ने अडान राखेका थिए भने अहिलेको समयमा राष्ट्रिय एवम् अन्तर्रराष्ट्रिय विश्वास जित्नका लागि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर मात्र जनगणतन्त्रमा जानुपर्ने विचार डा.बाबुराम भट्टर्राई र टोपबहादुर रायमाझीले राखेका थिए। सचिवालय सदस्यद्वय देव गुरुङ र कृष्णबहादुर महराले भने दुवै प्रतिवेदनलाई एकीकृत गरी राष्ट्रिय भेलामा लानुपर्ने विचार राखेका थिए। सरकारमा सहभागी ती दुवै सदस्यले मध्यमार्गीको रूपमा आफूहरूलाई उभ्याएको एक केन्द्रीय सदस्यले बताए। वैद्य पक्षधरले र्सवहारा वर्ग एवम् क्रान्तिको पक्षमा पार्टी आगामी कार्यदिशा रहनुपर्ने, जस्तोसुकै अवस्थामा पनि कार्यकर्ता र जनसेनाको मनोबल उच्च राख्न जनगणतन्त्रमा जानुपर्ने र सोको सफलताका लागि सबैलाई तयारी राख्नुपर्ने धारणा राखेका थिए।दक्षिणपन्थी अवसरवाद, वामपन्थी विर्सजनवाद, आत्मसुरक्षावाद, जडसूत्रवाद र आत्मकेन्द्रित व्यक्तिवाद पार्टी हाबी भइरहेको र सोको नेतृत्व अध्यक्ष प्रचण्ड आफैले गरेका कारण प्रचण्डले अध्यक्षको पद राष्ट्रिय भेलाबाटै त्याग्नुपर्ने कडा विचार वैद्य पक्षधरहरूले बैठकमा राखेका थिए। आफनो तीव्र आलोचना खेप्न नसकेपछि प्रचण्ड बैठकस्थलबाट पटकपटक बाहिरिएको बताइएको छ। आफू पार्टी चिवालयमा नै अल्पमतमा परेपछि राष्ट्रिय भेला तत्कालका लागि स्थगित गर्नुपर्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड देखिएको पनि पार्टी सोतले जनाएको छ।

No comments: