News

Nov 13, 2008

दक्षिणपूर्वी एसियाका सामूहिक एजेण्डाहरूलाई सम्बोधन बिमस्टेक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली क्षेत्रको मुख्य समस्याका रूपमा रहेको गरिबी निराकरण गरी सामूहिक एजेण्डाका रूपमा ऐक्यबद्ध ढङ्गले सहकार्य गर्न बिमस्टेक मञ्च महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बिहीबार सम्पन्न बिम्स्टेकको दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका सामूहिक एजेण्डाहरूलाई सम्बोधन गरी यी क्षेत्रलाई जोड्ने दरिलो सम्बन्धका रूपमा बिम्स्टेक प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।उहाँले यस्ता उपक्षेत्रीय मञ्चहरूको सक्रियताबाट यस क्षेत्रका जनताका हित, व्यापारिक प्रवर्द्धन एवम् आर्थिक विकासका लागि आर्थिक अन्तरक्रियाका रूपमा विकास गरिनुपर्ने दृष्टिकोण नेपालको रहेको स्पष्ट गर्नुभयो ।गरिबी निवारणका नीति एवम् रणनीतिहरू काममा आधारित समन्वयका माध्यमबाट प्रभावकारीरूपमा निर्माण गरिएमा क्षेत्रीय एवम् राष्ट्रिय सहयोगका साथै आर्थिक वृद्धिका लागि मद्दत पुग्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले बिमस्टेकको गरिबी निवारणसम्बन्धी मन्त्रिस्तरीय बैठक सन् २००९ मा नेपालमा आयोजना गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले बिमस्टेकद्वारा अघि सारिएका अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध, अवैध लागुऔषधको ओसारपसारजस्ता महासन्धिका साथै बिम्स्टेकका तीनवटा क्षेत्रीय केन्द्र स्थापनासम्बन्धी निर्णयको स्वागत गर्दै ती निर्णयप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments: