News

Nov 19, 2008

वाइसिएलद्वारा हत्या गरिएकामा विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाइसिएल कार्यकर्ताद्वारा अपहरित आफन्तको हत्या भएको विरोधमा आफन्त तथा स्थानीयवासीले आज बुधबार बिहानैदेखि राजधानीको कलंकी र आसपास क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । गत कात्तिक ४ गते धादिङको मलेखुबाट वाइसिएल कार्यकर्ताको अपहरणमा परेका स्युचाटारका निर्मल पन्त र पुष्कर डंगोलको शब हिजो मंगलबार धादिङको पीडा गाविस ३ खरिया खोला किनारमा भेटिएपछि मृतकका आफन्त र स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका हुन् । पीडितहरुले सरकारमा रहेको दलकै भातृ संगठनले सर्वसाधारणको अपहरणपछि हत्या हुँदासमेत सम्बन्धित पक्ष मौन बसेको भन्दै आक्रोस पोखेका छन् भने दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग पनि गरेका छन् । उनीहरुले कलंकी आसपासका क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बा१ख १७६८ नम्बर बस र बा१ज ८४२१ नम्बर भाडाको कारमा तोडफोड समेत गरेका छन् ।

No comments: