News

Nov 18, 2008

शान्तिबिना विकास सम्भव नभएको - एपिजे अब्दुल कलाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामले शान्तिबिना विकास सम्भव नभएको बताउनुभएको छ । आर्थिक बिकासका लागि नेपालमा पर्याप्त स्रोत र साधन भएको बताउदै कलामले शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म आर्थिक उन्नति नहुने धारणा राख्नुभयो ।काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहलाई आज धुलिखेलमा सम्बोधन कलामले जलस्रोत र पर्यटनका क्षेत्रबाट नेपालले पर्याप्त आर्थिक लाभ लिनसक्ने बताउनुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रको बिकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सोचे अनुरुपको बिकास लक्ष हात पार्न अझै थुप्रै चुनौती रहेको बताउनुभयो ।

No comments: