News

Nov 19, 2008

धर्नामा बसेकाहरुलाई वार्तामा बस्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा राजधानीस्थित सहिदमञ्चमा धर्नामा बसेकाहरुलाई धर्ना स्थगन गरी वार्तामा बस्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीसँग भेटेर मञ्चले उठाएका मागका सम्बन्धमा जानकारी गराएको बताउँदै ती मागबारे छलफल गरी समस्या समाधान गर्न सरकार तयार भएको जानकारी दिनुभयो ।वि.सं.२००७ देखि सङ्घर्षरत भूमिहीन, मोही, कमैया, हलिया, हरूवा-चरुवा, कमैया, चुरेपीडित, गुठीपीडित, उखडा तथा गाउँब्लकवासी अहिलेसम्म भूमिमा आफ्नो अधिकार स्थापना गर्नबाट बञ्चित हुँदै आएका छन् । मञ्च गठन गरेर आन्दोलनरत ती पीडितले उच्चस्तरीय भूमिसुधार आयोग गठन गरिनुपर्ने मागसहित रत्नपार्कको सहिदमञ्चमा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

No comments: