News

Nov 19, 2008

रामबहादुर बम्जन सार्वजनिक भएपछि वन विनाश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन वर्षदेखि निराहार तपस्यामा बसेका भनिएका रामबहादुर बम्जन सार्वजनिक भएपछि हलखोरियाको वन विनाश हुन थालेको छ । तपस्यास्थलको संरक्षण गर्ने नाममा नमोबुद्ध तपोवन संरक्षण समितिले वन विनाश गरेको हो । २५ कात्तिकमा पुनः सर्वजनिक भएका बम्जनले सर्वसाधारणलाई भेट्ने जनाएपछि आउनेहरूको भीड लागेको छ । बम्जन सार्वजनिक भएको स्थानमा सर्वसाधारणको भीड लागेपछि वन विनाश गरेर होटल र विभिन्न किसिमका पसल सञ्चालन भएका छन् । वन विनाश गरेर त्यहाँ करिब तीन दर्जन होटल सञ्चालनमा आएका छन् । संरक्षण समितिले दर्शनार्थीको बसोबासका लागि भन्दै वन प“mडानी गरेर टहरासमेत निर्माण गरेको छ । राजमार्गबाट ६ किलोमिटरभित्र जानुपर्ने भएकाले चारैतिरबाट बाटो निर्माण गरिँदा थप वन विनाश भएको छ । बम्जन तपस्यामा बसेको क्षेत्रवरिपरि चारैतिर करिब एक सय हेक्टर वन क्षेत्रमा तारबार गरिएको छ । यसैबीच, संरक्षण समितिले बम्जनलाई हेर्न आउनेबाट संकलित भेटीको हिसाबकिताब पारदर्शी नबनाएको आरोप लगेको छ । दुई वर्षअघि जिल्ला प्रशासन कार्यालय बाराले भेटीबाट संकलित सात लाख रुपैयाँ राजस्वमा दाखिला गरेको छ ।

No comments: