News

Nov 16, 2008

संविधानसभाको प्रस्तावित कार्यतालिकालाई सर्वसम्मतिले स्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा बैठकले संविधानसभाको प्रस्तावित कार्यतालिकालाई सर्वसम्मतिले स्वीकृत गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभा नियमावली २०६५ को नियम-९ बमोजिम संविधानसभा उपाध्यक्ष पदको निर्वाचन मङ्सिर १३ गते शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सम्पन्न गर्ने गरी निर्धारण गरेको जानकारी गराउनुभयो ।संविधानसभाको अर्को बैठक मङ्सिर १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । व्यवस्थापिका संसदजस्तै संविधानसभाको बैठक पनि अबदेखि राष्ट्रियधुनबाट सुरु हुनेभएको छ ।

No comments: