News

Nov 20, 2008

भुटानी काउन्सिलरको एक टोली गोप्य तबरले काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शरणार्थी आयोग गठन गरी भुटानसँग वार्ता प्रक्रिया थाल्न भुटानी शरणार्थीहरूले नेपाल सरकारसँग माग गरिरहेका बेला भुटानी काउन्सिलरको एक टोली गोप्य तबरले राजधानी काठमाडौं पुगेको छ। काउन्सिलर भुटानी राजाका सल्लाहकारका रूपमा मानिन्छन्। सात सदस्यीय सो टोली मंगलबार ड्रुक एयरको उडानबाट काठमाडौं पुगेको भुटानी शरणार्थी स्रोतले नेपाल समाचारपत्रलाई बताएको छ।टोलीमा दक्षिणी भुटानअर्न्तर्गत साम्ड्रुप जोङ्खरका विद्यापति भण्डारी, चिराङका देवान तामाङ, साम्चीका भीमबहादुर र्राई, दागनाका हरि कोइराला, गेलेफूका डीपी सुवेदी र अन्य दुइ जना डुक्पा समुदायका व्यक्ति रहेको स्रोतले बतायो।तीमध्ये सुवेदी गेलेफू जिल्लाका डीओ र अन्य सबै पर्ूवकाउन्सिलर रहेको उल्लेख छ।सो टोलीले काठमाडौंमा नेपाल सरकारका अधिकारीहरूसँग गोप्य रूपमा भेटघाट र छलफल गरिरहेको स्रोतको दाबी छ। तर भेटघाट र छलफल कुन विषयमा केन्द्रित छ भन्नेबारे भने खुल्न सकेको छैन।शरणार्थी समस्याको दीघकालीन समाधानका लागि शरणार्थी प्रतिनिधिसमेतको सहभागितामा आयोग गठन गरी खुला तवरले भारतसमेत सामेल त्रिपक्षीय वार्ताको वातावरण बनाउन शरणार्थीको माग भइरहेको बेला यसखाले गोप्य भेटघाटलाई भुटानी शरणार्थी वृत्तमा शंकास्पद रूपमा हेरिएको पाइएको छ।भुटान सरकारले यसबेला शरणार्थीका विषयमा वातँका लागि केही चासो देखाएकाले नेपाल सरकारको धारणा बुझन र वार्ताको आन्तरिक तयारीका लागि टोली आएको हुन सक्ने एक शरणार्थी नेताको अड्कल छ।

No comments: