News

Nov 18, 2008

नगरपालिका क्षेत्रमा बिनाइजाजत मदिराको कारोबारमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आज मंगलबारदेखि नगरपालिका क्षेत्रमा बिनाइजाजत मदिराको कारोबारमा रोक लगाएको छ । मदिराको बिक्रीबितरणलाई ब्यबस्थित गर्न नयाँ निर्देशिका २०६५ जारी गर्दै सरकारले इजाजत नलिइ बिक्री बितरण गर्नेलाई कारबाही गर्ने जनाएको छ ।सरकारले निर्णय कार्यान्वयनका लागि आफ्ना मातहतका सबै निकायलाई परिचालन गर्ने भएको छ । राजस्व विभाग श्रेत्र नम्बर २ का प्रमुख कर प्रशासक राजेन्द्रप्रसाद नेपालले मदिरा कारोबार व्यवस्थापन गर्न आजदेखि अनुगमन प्रभावकारी बनाउने बताउनुभयो ।नेपालका अनुसार डिपार्टमेन्टल स्टोर्स, किराना पसलले छुट्टै बिक्री कक्ष राखी मदिरा बिक्री गर्नुपर्नेछ भने होटल तथा रेष्टुरेन्टले भने निर्वाध रुपमा मदिराको बिक्री बितरण गर्न पाउने छन् । इजाजत नलिई कारोबार गर्ने बिक्रेतालाई १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । सरकारले निर्णय प्रभावकारी गर्न राजस्व विभागले काठमाडौमा ३-३ जनाको समुह बनाएर तीन वटा टोली खटाएको नेपालले जानकारी दिनुभयो ।

No comments: