News

Nov 16, 2008

पूर्वी तराइको बन्द आयोजकद्वारा फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सातादेखि नेपाल पिछडा वर्ग महासङ्घले आहृवान गरेको अनिश्चितकालिन मधेश बन्द आज आइतबारदेखि फिर्ता भएको छ । बन्दका कारण जनजीवन कष्टकर बनेको भन्दै मधेशका जनताले बन्द फिर्ता लिन गरेको आग्रहलाई स्वीकार्दै बन्द फिर्ता लिइएको महासंघले जनाएको छ । महासंघका सप्तरी अध्यक्ष शिवशंकर साहका अनुसार महासंघले बन्द फिर्ता लिएपनि आन्दोलन फिर्ता नलिएको र आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि बढ्ने तयारी गरेको छ । यसैबीच पिछडा बर्ग महासंघले बन्द फिर्ता लिएको भए पनि सिराहामा भने बन्द कायै रहेको र सवारी साधन बजार शिक्षण संस्था र कलकारखाना सबै बन्द रहेको जनाइएको छ ।पिछडिएका जातिहरूलाई जनजातिको सूचीमा राख्नुपर्नेलगायत १२ बुंदे माग राखि महासंघ आन्दोलनमा उत्रेको हो । महासङ्घअन्तर्गत कुशवाहा, यादव, मुसलमान, हलुवाई मल्लाह, गुप्ता, अमात, हजाम, कलवार लगायतका २४ जाति रहेका छन् ।

No comments: