News

Nov 21, 2008

माओवादीका दुवै समूह जनगणतन्त्रका पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठकले पार्टीलाई संविधानसभा निर्वाचनमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै यथास्थितिलाई अन्त्य गर्न जनगणतन्त्रको कार्यदिशा तय गर्ने तयारी गरेको छ। सोमबारदेखि भक्तपुरको खरिपाटीमा जारी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र वरिष्ठ सदस्य मोहन वैद्य किरण’ बीचको दस्तावेजमाथि केन्द्रीय सदस्यहरूले टीकाटिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रमा सीमित नरही जनगणतन्त्रमा जाने र संसदीय व्यवस्थालाई अन्त्य गरी नयाँ जनवाद प्राप्ति गर्ने पक्षमा जोडदार आवाज उठाएका थिए। बिहीबारको बैठकमा अध्यक्ष प्रचण्ड पक्ष्ँधरले प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्दै जनगणतन्त्रमा जाने धारणा राखेका थिए भने मोहन वैद्य पक्ष्ँधरले सीधै गणतन्त्रमा जाने कुरा उठाएका थिए। तर अन्तिम निष्कर्षभने आज शुक्रबार निस्कने बताइएको छ।विभिन्न १३ वटा राज्य समितिबाट आएका ११ सय जना कार्यकर्ताको राष्ट्रिय भेला शुक्रबार १२ बजे शुरू हुने भएकाले सो बेलासम्ममा पार्टी अन्तिम निर्णय आइपुग्ने प्रवक्ता महराले बताउनुभयो।

No comments: