News

Nov 20, 2008

जनगणतन्त्रबारे माओवादीमा विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टीले अबलम्बन गर्ने जनगणतन्त्रको कार्यदिशाका विषयमा उत्पन्न विवाद हल गर्न माओवादी केन्द्रिय समितिको बैठक आज बिहीबार पनि बस्दैछ । भक्तपुरको खरिपाटिस्थित विद्युत प्राधिकरण केन्द्रमा अपराहृन चार बजे शुरु हुने बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता मोहन बैद्य किरणले पेश गरेको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा पार्टीको भावी कार्यदिशा संक्रमणलिन जनगणतन्त्र हुनुपरने उल्लेख छ भने बैद्यको प्रस्तावमा विद्रोहबाट सिधै जनगणतन्त्रमा जाने उल्लेख छ । यसअघि हिजोको बैठकमा प्रस्ताव फिर्ता लिन गरिएको आग्रह नेता किरणले अस्वीकार गरेपछि बैठक आज पुन बस्नेगरि स्थगित गरीएको थियो ।राष्ट्रिय कार्यकर्ता भेलाको एजेण्डाको तय गर्न बसेको केन्द्रिय समितिको बैठक लम्बिएपछि आजदेखि शुरु हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला पनि भोलि बिहान सम्मको लागि स्थगित भएको छ ।

No comments: