News

Nov 21, 2008

सरकारसँग गरिएको वार्ता मान्य नभएको तराइ भाइरस किलर्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र संघर्षरत तराइ भाइरस किलर्सले केही दिनअघि सरकारसँग गरिएको वार्ता मान्य नभएको जनाएको छ । अध्यक्ष जयप्रकाश यादवद्वारा आज शुक्रबार जारी विज्ञप्तिमा पाँच महिना अघि नै पार्टीको नाम परिवर्तन भएको र आफ्नो पार्टीको कुनै पनि पदमा नरहेका ब्यक्तिले गरेको वार्ता आफुहरुलाई मान्य नहुने उल्लेख छ ।यादवले विज्ञप्ति मार्फत पार्टीको नाम मधेशी जनमुक्ति मोर्चा रहेको र वार्तामा बस्ने गौरव आफ्ना पार्टीको कुनै पदमा नरहेकोले गएको साता सरकारी वार्ता टोली संयोजक जनार्दन शर्मा प्रभाकरसँगको वार्ता मान्य नहुने बताएका छन् ।

No comments: