News

Nov 17, 2008

हङकङमा पनि संयुक्त लिम्वुवान मोर्चा वन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
लिम्वुवान राष्ट्रिय मोर्चाको अनुसार हङकङवाट पनि लिम्वुवान स्वायत्त आन्दोलनमा सहयोग पुर्याउने उद्धेश्यले चाडै संयुक्त लिम्वुवान मोर्चा वन्ने भएको छ । यो कुरा लिम्वुवान राष्ट्रिय मोर्चाको परामर्श सदस्य विर वहादुर येङदेन लिम्वु नेपाल लिम्वुवानको भ्रमण पुरा गरि हङकङ आईपुग्नु भएपछाडिको लिरामोको छलफलको क्रममा निर्णय भएको हो । उहाले लिम्वुवानमा गएर लिम्वुवान मोर्चाको वारेमा वुझ्नु भएको थियो । उहाले यो क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेता कमल छाराहाङ, मञ्चसंग सम्वद्ध लिम्वुवान राज्य परिषदका नेताहरु, संजुहाङ सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदके अध्यक्ष सञ्जुहाङ पालुङवा तथा धरान, दमक र ताप्लेजुङका स्थानीय विभिन्न घटकका लिम्वुवानवादी नेताहरुलाई लिरामोको घोषणा-पत्र लगायतको दस्तावेजहरु प्रस्तुत गर्दै लिम्वुवान स्वायत्त राज्य प्राप्तिको वारेमा छलफल भएको थियो ।

No comments: