News

Nov 16, 2008

'जनयुद्धका नायकहरू' नामक पुस्तक सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनयुद्धमा नेकपा माओवादीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उक्त पार्टीका ३५ केन्द्रीय सदस्य, युद्धकालमा सहिद भएका सातजना केन्द्रीय सदस्य, सल्लाहकार एवम् बेपत्ता एक केन्द्रीय सदस्यको सङ्घर्षपूर्ण जीवनगाथा समेटिएको 'जनयुद्धका नायकहरू' नामक पुस्तक सार्वजनिक गरिएको छ ।माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण' ले पुस्तक विमोचन गर्दै वीरता र बलिदानको भाव व्यक्त भएको पुस्तक रचनात्मक रहेको र पुस्तकले माओवादीलाई अझ ठूलो जिम्मेवारी बोकाएको धारणा राख्नुभयो । उहाँले नयाँ संविधान लेखेर जनताको सपना साकार पार्न पुस्तकले खबरदारी गरेको छ भन्दै जनयुद्धको महान अध्याय अझै पूरा हुन बाँकी रहेको अवस्थामा पुस्तकले आफूलाई पनि नायक भनेकाले आफूलाई चिन्ता लागेको बताउनुभयो । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जनयुद्ध पुरानो नेपाली समाजलाई नयाँ समाजमा रूपान्तरण गर्ने एउटा ठूलो अठोट र सङ्कल्पका साथ अघि बढेको थियो भन्दै जनमुक्तिका लागि चालिएको युद्ध सही कदम हो भन्ने पुष्टि भएको विचार व्यक्त गर्नुभयो ।

No comments: