News

Nov 16, 2008

साइकल यात्रि शेर्पा पोल्याण्डबाट फर्काइए

लिम्वूवान डट व्लगस्पोट डटकम,विश्वास दीप तिगेला, केन्टबाट
विश्व शान्ति र वातावरण बचाऔ नारा लिएर विश्व साइकल यात्रामा निस्किएका
फूर्तेम्बा शेर्पा, उनको यात्राको ४६ औ राष्ट्र पोल्याण्डबाट फर्काइएको छ ।गत १२ नोभेम्बरका दिन लुथनिया हुदै पोल्याण्ड प्रवेश गरेका शेपाले ४६ किलोमिटर सम्मको यात्रा पूरा गरिरहेको अवस्थामा उनलाई १३ नोभेम्बरका दिन बोर्डर कन्ट्रोल पुलिसले डकुमेन्ट चेक गरी ११ घण्टा नियन्त्रणमा लिएको थियो । उनको साथमा यूरोप घुम्न पाउने अनुमति पत्र भएपनि भाषा समस्याको कारण उनलाई पोल्याण्डबाट फर्काएर लिथुनियाको बोर्डरमा छाडिदिएका छन् । यात्रि शेर्पाले फोनबाट जानकारी गराए अनुसार आजसम्मको यात्रामा सबैभन्दा गाह्रो भइरहेको छ उनलाइ। अप्रत्यासीत फर्काइदिएको कारण अब कहा जाने कुनै टुङ्गो हुन सकेको छैन र उनको साथमा पर्याप्त खर्च पनि नभएको जनाएका छन् । शेर्पाले यस अघि बाल्टिक देशहरुको भ्रमण पूरा गरेका थिए । गत बर्षपनि यहि समयमा पोल्याण्डको भिषाको लागि निवेदन दिएको वेला भिषा अफिसले उनको पासपोर्ट हराइ दिएको कुरा उनले बताएका छन् ।

No comments: