News

Nov 18, 2008

टाइगर्सद्वारा वार्तामा नबस्ने जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराइमा सशस्त्र संघर्षरत विभिन्न भूमिगत संगठनहरुसँग औपचारिक वार्ता शुरु गरेको भोलिपल्ट मधेश मुक्ति टाइगर्सले सरकारसँग वार्ता नगर्ने जनाएको छ । टाइगर्सका पोलिटब्युरो इन्चार्ज विशालले आज विज्ञप्ति जारी गरी सरकारले वार्ताको सहज वातावरण नबनाएको भन्दै आफूहरु वार्तामा नबस्ने बताउनुभएको हो ।उहाँले सरकारले वार्ताको नाममा सशस्त्र समूहलाई फसाउन खोजेको आरोप लगाउँदै कार्यकर्ता रिहा गर्नुपर्ने आफुहरुको पूर्वसर्तलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । विज्ञप्तिमा भनिएको छ- 'वार्ताका लागि मधेश मुक्ति टाइगर्सले राखेको मागमाथि सरकार गम्भीर नभएको तथा वार्ता टोलीका सदस्यहरुले फरक-फरक अभिब्यक्ति दिने गरेको उल्लेख छ । यसैबीच सरकारले पछिल्लो समय सशस्त्र समूहसँग गरेको वार्तामा भएका प्रगतिबारे आजै सार्वजनिक गर्नेभएको छ । शान्ति मन्त्रालयमा अपराहृन हुने पत्रकार सम्मेलनमा शान्ति मन्त्री एवं सरकारी वार्ता टोली सदस्य जनार्दन शर्मा प्रभाकरले हिजो र अस्ति तराइका सशस्त्र समूहसँग भएका वार्तावारे जानकारी गराउनुहुने मन्त्रालयले जनाएको छ ।

No comments: