News

Nov 19, 2008

एक कर्मचारीलाई घूस लिंदालिंदैको अवस्थामा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ जिल्ला वन कार्यालयका एक कर्मचारीलाई घूस लिंदालिंदैको अवस्थामा पक्राउ गरिएको छ । नियमविपरीत आँपको रुख कटान गरी बिक्री वितरण गर्नका लागि घुस लिने कर्मचारीलाई युथ फोर्सका कार्यकर्ताले पक्राउ गरेका हुन् ।मोरङको सोराभाग गाविस बस्ने अविरलाल गन्गाइले सोराभाग गाविसस्थित आफ्नो जग्गामा रहेको आँपको रुख कटान गरी विराटनगरमा ती काठ पुर्‍याएपछि सहमति भएको रकम दिने सर्तमा उक्त काठ पुर्‍याएपछि विराटनगरको हाटखोलामा वनका जमदार नन्दकुमार राइलाई पाँच हजार रुपैयाँ दिइरहेको अवस्थामा युथ फोर्स विराटनगरका सहइन्चार्ज सरज श्रेष्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घुस लिने र दिने दुवै राइ र गन्गाइलाई कारबाहीका लागि पक्राउ गरी जिल्ला वन कार्यालय, मोरङमा बुझाइएको छ । आफ्नो जग्गामा रोपिएको रुख भए पनि सरकारको स्वीकृति लिनुपर्ने र निश्चित दस्तुर बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

No comments: