News

Nov 18, 2008

एघार मारवाडीलाई सभासद् बनाइएकोमा सराहना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको कुल राजस्वमा झण्डै ५२ प्रतिशत योगदान पुर्याउने मारवाडी समुदायको कदर गर्दै विभिन्न राजनीतिक पार्टी ११ जनालाई सभासद्को रूपमा संविधानसभामा पुर्याएकोमा आभार व्यक्त गरिएको छ। अग्रवाल सेवा केन्द्रद्वारा मंगलबार मारवाडी सभासद्का लागि स्थापित सभासद् कक्षको उद्घाटन सभामा सो आभार व्यक्त गरिएको हो।नेपालको आर्थिक एवम् औद्योगिक विकासका लागि वि.सं. १९०३ मा भारतको मारवाड र राजस्थानबाट झिकाइएको यो समुदायको निजी क्षेत्रमा कुल लगानीको ५० प्रतिशत लगानी रहेको, ४० प्रतिशत आयातनिर्यातमा योगदान र ४ लाखभन्दा बढीलाई रोजगारी दिनुका साथै व्यक्तिगत वा सामूहिक लगानीमा अस्पताल, धर्मशाला, मन्दिर, जनसेवी संस्थामार्फ राष्ट्रको सेवा गरिँदा पनि कुनै मूल्याड्ढन नभइराखेको अवस्थामा राजनीतिक सहभागिताले राहत दिएको छ’ -अग्रवाल सेवा केेन्द्रका अध्यक्ष वसन्त चौधरीले बताउनुभयो।नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष तोलाराम दुगडको सभापतित्वमा आयोजित सभामा सभासद् मोती दुगडले भन्नुभयो- मारवाडी समुदायको योगदानलाई जनचेतना अभिवृद्धि गर्न ऐतिहासिक वृत्तचित्र निर्माणको थालनी भएको छ।’वृत्तचित्रमा मारवाडी पुखा देशका विभिन्न शहरमा कसरी प्रवेश गरे, उनीहरूले धर्म, समाज सेवा र आन्दोलनमा कसरी योगदान पुर्याए भन्ने नाटकीय भाव प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा मारवाडी सभासद् ओमप्रकाश शर्मा, दिवाकर गोल्छा, विनोद चौधरी, विमल केडिया, विश्वनाथ अग्रवाल, मधुसूदन अग्रवाल, मोती दुगड, राजेन्द्र खेतान, श्रवणकुमार अग्रवाल, सिर्द्धार्थ सोमानी र हेमराज तातेडलगायत रहनुभएको थियो।कार्यक्रममा मारवाडी सेवा केन्द्र कामठाडौंका अध्यक्षँ पवनकुमार मित्तल, जैन परिषद्का अध्यक्ष लोकमान्य गोल्छाले मारवाडी समुदाय आफनो भाषा, भेष, धर्म, सांस्कृतिक पहिचानबाट विमुख, नागरिकताबाट वञ्चित र चन्दा आतंक र प्रशासनमा समानुपातिक प्रतिनिधित्वबाट विमुख हुँदै जान थालेको बताउनुभएको थियो।

No comments: