News

Nov 16, 2008

संविधानसभाले आफ्नो उपाध्यक्ष चुन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा नियमावली, २०६५ को नियम ९ बमोजिम संविधानसभा उपाध्यक्षको निवाचन मङ्सिर १३ गते हुने भएको छ । उक्त दिन बिहान ११ बजे गर्ने गरी संविधानसभाका अध्यक्षले निर्वाचनको मिति र समय निर्धारण गर्नुभएको छ ।सोही नियमावलीबमोजिम मङ्सिर १० गते संविधानसभाका कुनै सदस्यलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ७१ को उपधारा १ बमोजिम राजनीतिक सहमतिको आधारमा प्रस्ताव दर्ता गर्ने, सोबमोजिम निर्धारित समयभित्र राजनीतिक सहमतिको आधारमा प्रस्ताव दर्ता नभएमा मङ्सिर ११ गते कुनै सदस्यलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्ने र सोही दिन निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।मङ्सिर १३ गते हुने बैठकमा संविधानसभा बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने संविधानसभा सचिवालयले जनाएको छ ।

No comments: