News

Nov 13, 2008

संविधानसभा नियमावलि मस्यौदामा ६ संशोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महिनौ लगाएर तयार पारिएको संविधानसभा नियमावलि मस्यौदामा ६ संशोधन परेका छन् ।
संविधानसभा वैठकमा प्रस्तुत भएको संविधानसभा नियमावली मस्यौदामा ६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । कार्तिक २८ गते संविधानसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउने सभासदमा माओवादीका सुरेश आलेमगर र उमा भुजेल, नेपाली कांग्रेसका रमेश लेखक, एमालेका कृष्णप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, तराई मधेश लोकतान्त्रिक पार्टीका जितेन्द्रप्रसाद सोनल र दलित जनजाति पार्टीका विश्वेन्द्रप्रसाद पासवान छन् । नियमावलि मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले कार्तिक २५ गते संविधानसभा सचिवालयमा मस्यौदा दर्ता गराएका थिए र त्यही दिन उक्त मस्यौदा संविधानसभा बैठकमा प्रस्तुत गरिएको थियो । बिजुक्छे संयोजक रहेको मस्यौदा समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलकै सहभागिता छ र महिनौंको छलफलपछि नियमावलि मस्यौदामा दलहरुबीच सहमति भएको थियो ।

No comments: