News

Nov 17, 2008

किरात स्वायत्त राज्यको सिमाना घोषणा १७ जिल्ला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत राई यायोख्खाले पूर्वी नेपालको १७ जिल्ला वल्लो किराँत, पल्लो किराँत र माझ किराँतलाई समेट्दै आइतबार किरात स्वायत्त राज्यको सिमाना घोषणा गरेको छ। सो संस्थाद्वारा आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गरी पूर्वका सोलुखुम्बु, ओखलढुगा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुली, रामेछाप, दोलखाका ५७० गाविस मिलाएर बृहत् स्वायत्त किराँत राज्य घोषणा गरिएको हो।हालै पारित संविधानसभा नियमावलीले नयाँ संविधान निर्माण कार्यतालिका बनाएअनुसार संघीय राज्यको पनि खाका कोर्दै जानुपर्ने आवश्यकतामाथि जोड दिँदै किराँत राई यायोख्खाका अध्यक्ष सुमाया राईले भन्नुभयो- किराँत स्वायत्त राज्यभित्र लिम्बूहरूको लिम्बूवान्, खम्बु राईहरूको खम्बुवान्, याख्वा र लाप्चाहरूको रोङ संयुक्त स्वायत्त उपराज्य हुनेछ।त्यसै गरी शेपाको बाहुल्य रहेको ऐतिहासिक क्षेत्रलाई खुम्जुङ स्वायत्त उपराज्य, सुनुवार किराँतलाई कोइच स्वायत्त जिल्ला, क्षेत्री, ब्राहमणले गाम्नाङ स्वायत्त जिल्ला र मिश्रति बसोबास क्षेत्रलाई उदयपुरगढी स्वायत्त राज्य घोषणा गरिएको छ।तामाङ बाहुल्य भूमि तर सुनुवार, किराँत अस्तित्व रहेको रामेछाप, दोलखा, सिन्धुली क्षेत्रमा आपसी सरसल्लाहको आधारमा जलजमिन, जंगल, जडीबुटी, भाषा, संस्कृति बाँडफाँडको तय हुने जनाइएको छ।यायोख्खाका महासचिव चन्द्रविक्रम राईद्वारा किराँत स्वायत्त राज्यबारे छलफल अन्तरक्रियाका लागि मंसिर ६ गते चियापान र ७ गते राजधानीमा मोटरसाइकल र्याली गरिने बताउनुभयो। थप कार्यक्रमबारे जानकारी दिँदै मंसिर १२ गते इलाम बजारमा सांस्कृतिक टोलीसहित क्षेत्रीय आमसभा, १४ गते सुनसरीको धरान र पुस १५ गतेदेखि जिल्लास्तरीय दुइमहिने किराँत स्वायत्त संघीय राज्यका लागि आमसभा भेला र गोष्ठी गरिने जनाइएको छ।भूमि तथा प्राकृतिक स्रोतमाथिको अग्राधिकार, आदिवासीको नैर्सर्गिक अधिकार’ भन्ने मूल नाराका साथ स्वायत्त किराँत क्षेत्रभित्र कोही पनि शासक वा शासित जाति नहुने दाबीसमेत कार्यक्रममा गरिएको थियो।

No comments: