News

Nov 18, 2008

गणतन्त्रको मोडलका बिषयमा उत्पन्न मतभेद अन्त्य गर्न छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टीले अवलम्बन गर्ने गणतन्त्रको मोडलका बिषयमा उत्पन्न मतभेद अन्त्य गर्न माओबादीका शीर्ष नेताहरु आज छलफलमा जुट्ने भएका छन् । हिजो सोमबारदेखि भक्तपुरमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै नेता मोहन बैद्य किरणले छुट्टै प्रतिबेदन पेश गरेपछि उत्पन्न बिवाद मिलाउन नेताहरुबचि आज छलफल हुन लागेको हो ।प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्ड, काठमान्डौ बिश्वबिद्यालयको दिक्षान्त समारोहमा सहभागी भइ फर्के लगत्तै बालुवाटारमा छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्डको प्रतिबेदनमा संक्रमणकालीन गणतन्त्रसहित ३ ओटा मोडलका गणतन्त्र उल्लेख छ भने किरणले पार्टीको भावी कार्यदिशा जनगणतन्त्र हुने आफ्नो प्रतिबेदनमा उल्लेख गर्नुभएको छ । पर्सिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी र एजेन्डाका बिषयमा छलफल गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठक भोलि पुन बस्दैछ ।

No comments: