News

Nov 16, 2008

राजामहाराजाका सालिकहरूलाई संग्रहालयमा लगेर थन्क्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले निरंकुशताको प्रतीकका रूपमा रहेका राजामहाराजाका सालिकहरूलाई संग्रहालयमा लगेर थन्क्याइने बताउनुभएको छ।राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक तथा स्मारकसहितको शंखधर साख्वा उद्यानको शनिबार रत्नपार्कमा शिलान्यास गर्दै गृहमन्त्री गौतमले राजधानीका चोक-चोकमा रहेका राजामहाराजाको सालिकलाई उखेलेर संग्रहालयमा राखिने र ती ठाउँमा जनताको पक्षमा लड्ने योद्धाहरूको सालिक निर्माण गरिने बताउनुभयो।उहाँले भन्नुभयो- तपाईंहरू (उपत्यकावासी) मिलेर त्यस्तो निरंकुशताको प्रतीकका रूपमा रहेका सालिक आजैबाट उखेल्नुस् र सरकारलाई भन्नुस्, जनताको पक्षमा रहेका र लडेका योद्धाको सालिक निर्माण गर्नुपर्यो। सरकारले ती काम तत्काल गर्नेछ।’उहाँले सामन्ती संस्कृतिको परिचायकको रूपमा रहेको रत्नपार्कलाई नेपाल संवत्का पर््रवर्तक शंखधर साख्वाको नाममा नामकरण गर्न जनताले राखेको प्रस्तावलाई सरकारले तत्काल स्वीकृति दिने बताउनुभयो।नेकपा (एमाले) जिल्ला कमिटी काठमाडौंको पहलमा निर्माण हुन थालेको सालिक तथा उद्यान शिलान्यास कार्यक्रममा स्थानीय विकासमन्त्री रामचन्द्र झाले राजारजौटाको नाममा मुलुकमा रहेका सबै अस्तित्वलाई निर्मूल गर्ने क्रममा यो पार्कलाई नयाँ नामकरण गरिएको बताउनुभयो।

No comments: