News

Nov 13, 2008

हङकङमा सशुल्क कविता वाचन कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हिजो साँझ 13 oct.2008 याउमा तेईस्थित कम्युनिटि हलको पहिलो तलाको अडिटोरियममा, पोखरेली युवा समूहद्वारा आयोजिक विम्बहरुका साथ एक दिन
शीर्षकको सशुल्क कविता वाचन कार्यक्रम उत्साहजनक श्रोताहरुको उपस्थितिहरुमा सम्पन्न भयो । यही साहित्यिक कार्यक्रमको लागि अर्थात् सशुल्क कविता संयुक्त रुपमा वाचन गर्न भनेर पोखराबाट तीन श्रष्टाहरु क्रमशः कवि तथा उपन्यासकार सरु भक्त श्रेष्ठ, कवि प्रकट पगेनी शिव’ र कवि तीर्थ श्रेष्ठलाई झिकाइएको थियो ।गत वर्ष जोर्डनस्थित नाचघरमा आयोजित, कवि श्रवण मुकारुङको एकल कविता वाचन कार्यक्रम पहिलो सशुल्क कविता वाचनको कार्यक्रम रहे तापनि उक्त कार्यक्रममा कविका कविताहरु सुन्नेहरुले स्वेच्छाले शुल्कस्वरुप रकम प्रदान गरेका थिए, तर योपालि भने संयुक्त रुपमा पोखरेली तीन श्रष्टाहरुका कविताहरु सुन्नका लागि एक सय डलरको टिकट काटिएको थियो । साहित्यिक कार्यक्रममा शुल्कै बुझाएर कविता सुन्न भेला भएका श्रोताहरु अपेक्षा गरिएभन्दा बेसी भएको थियो । मुक्तक, गजल तथा गीत अनि कविताहरुको तीन चरण राखेर विभाजन गरिएको उक्त कविता वाचन कार्यक्रमलाई कवि सरु भक्त श्रेष्ठले सञ्चालन गरेका थिए । कवि त्रैयले आआफ्ना भावपूर्ण, प्रणयशील, उदास, वियोगान्त, मर्मस्पर्शी गीत, कविता, गजल तथा मुक्तकहरु दुई घण्टाको अवधिभित्र सुनाएका थिए भने श्रोताहरु एकरत्त भएर सुनेका थिए ।अन्तमा गत, ११ तारिख मंगलबार, जोर्डनस्थित नेपाल क्लवमा आयोजना भएको, मीतेर सेवा समिति पोखरा हङकङको तत्वावधानको पहिलो पोखरेली झ्याल खुल्ला कविता वाचन प्रतियोगितामा वाचन गरिएका हङकङेली बाह्र जना कवि तथा कवयत्रीहरुका कविताहरुको उत्कृष्ठ पाँचवटा कविताहरु तिनका रचनाकारहरुको नामको पहिलो र्सार्वजनिक घोषणा, उक्त विम्बहरुका साथ एक दिन शीर्षकको संयुक्त कविता वाचन कार्यक्रमको अन्तिममा कवि सरु भक्तद्वारा गरिएको थियो । ११ तारिख भएको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा पोखरेली तीन श्रष्टाहरु रहेका थिए ।कविताहरुको वास्तवमा
कविताहरु आआफ्नै रचनाकारका आआफ्नै शैली, सोंच तथा भावनाअनुसाररचिने भएको हुनाले सबै पक्षमा उत्कृष्ट हुने भएको भए तापनि, कवितामा गरिने शब्दहरुको राम्रो र उत्कृष्ट छनोट, भावको गहिराइ र गहनता, विम्ब तथा प्रतीकहरुको सटिक प्रयोग तथा शैलीहरुमा विविधता हुने भएकोले तिनै पक्षलाई विचारेर कविताहरुको वाचनलाई प्रतियोगितामा राखिने गरिएकोले आफ्नो निर्णायक मण्डलक अगाडि ११ तारिखको साँझ सुनाएर हस्तान्तरण गराइएको कविताहरुको आधारमा निर्णायक मण्डलले तीमध्येबाट उत्कृष्ट पाँचवटा छानेको’… बताउँदै कवि सरुभक्तले यस पाँचभित्र नपर्ने कविताहरु उत्कृष्ट थिएनन् भनेर कविहरुलाई नसम्झन आग्रह गर्दै उक्त उत्कृष्ट पाँच कविहरुको नामको सार्वजनिक गरेका थिए, जसअनुसार, चन्द्र मादेन आन्छन्, कमल पौडेल, रिता गुरुङ, राजेन्द्र कुमार थापा र लक्ष्मी राई हङकङको वर्तमान अवस्थाको उत्कृष्ट पाँच कवि तथा कवयत्रीहरु मानिएका छन् । उक्त उत्कृष्ट पाँचलाई यही आइतबार ताइमोसानको कन्ट्री पार्कमा आयोजना गरिने पाँचौं पोखरेली झ्याल कार्यक्रममा वाचन गराएर प्रथम तथा द्वितीयको नाम घोषणा गरी नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने जानकारी आयोजकले जनाएको छ ।कवि सरु भक्तले नेपालीहरुको यत्रो जमात यहाँ भएको र कार्यक्रमहरु भने सँधै अन्य कम्युनिटिहरुका हल तथा स्थानहरुमा गएर गर्नु पर्ने वाध्यता भएकोले अरुका जस्तै नेपाली समुदायको आफ्नै सामूहिक भवन तथा हल वा स्थान बनाउने तर्फ यहाँस्थित सबै नेपालीहरुको एकमत हुनु पर्ने र त्यसैको लागि कार्य गर्न आग्रह गर्दै कार्यक्रमको विर्सजन गरेका थिए ।

No comments: