News

Nov 18, 2008

सशस्त्र समूहहरुसँग औपचारिक वार्ता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराइमा रहेका सशस्त्र समूहहरुसँग औपचारिक वार्ता सुरु गरेको छ । शान्ति तथा पुनर्निर्माणमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक जनार्दन शर्मा प्रभाकरले केही सशस्त्र समूहहरुसँग पहिलो चरणको वार्ता गर्नुभएको छ ।सप्तरीको भारदहस्थित एक अज्ञातस्थलमा मन्त्री प्रभाकरले आइतबार राति सशस्त्र समूहका प्रतिनिधिसँग अनौपचारिक कुराकानी गर्नुभएको छ । श्रोतका अनुसार मन्त्री प्रभाकरले भाइरस किलर्स र तराइ मधेश राष्ट्रिय जनतान्त्रिक क्रान्तिकारी पार्टीका प्रतिनिधिसँग छुट्टाछुट्टै कुराकानी गर्नुभएको छ । वार्तामा सशस्त्र समूहहरुले आफ्ना कार्यकर्ताहरु रिहा गर्नुपर्नेलगायतका पूर्वसर्तहरु अघि सारेका छन् ।

No comments: