News

Nov 19, 2008

नेपाली महिलाहरूको विवाह गर्ने उमेरमा फरकपन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानै उमेरमा विवाह गर्न बाध्य नेपाली महिलाहरूको विवाह गर्ने उमेरमा फरकपन आउन थालेको छ । शिक्षा, चेतना, आत्मनिर्णयमा विकासका कारण नेपाली महिलाहरूमा अव '२० वर्ष पारी, बिहेवारी' भन्ने भनाइ चरितार्थ हुन थालेको हो । केन्द्रीय तथ्याङ्क विभागलाई उदृत गर्दै राष्ट्रिय महिला आयोगले जनाएअनुसार हाल विवाह गर्ने नेपाली महिलाहरूको सरदर उमेर १९ दशमलव ५ रहेको छ । यसो त, सन् १९६१ मा १५ दशमलव ४ वर्षको उमेरमा विवाह गर्ने महिलाहरूले त्यसको १० वर्षपछि अर्थात १९७१ मा सरदर १६ दशमलव ८ वर्षको उमेरमा विवाह गर्रर््न गरेको आयोगले बतायो । यसैगरी, सन् १९८१ मा त्यो उमेरमा बृद्धि भइ विवाह गर्ने युवतीहरूको उमेर सरदर १८ दशमलव १ वर्ष पुगेको थियो भने सन् २००१ मा आएर त्यो उमेरमा पनि वृद्धि भइ १९ दशमलव ५ वर्ष पुगेको हो ।युवतीहरूको मात्रै हैन युवकहरूको पनि विवाह गर्ने उमेरमा फरकपन आएको छ । यतिबेला नेपाली युवकहरूले सरदर २२ दशमलव ९ वर्षको उमेरमा विवाह गर्ने गरेका छन् । युवक र युवतीको विवाह गर्ने उमेरमा बृद्धि हुँदै गए पनि युवक र युवतीबीचको विवाह गर्ने उमेरको अन्तरमा भने कमी आएको छ । सन् १९६१ मा युवक र युवतीबीचको विवाह गर्ने उमेरको अन्तर ४ दशमलव १ वर्ष थियो भने सन् २००१ मा आएर अन्तरमा कमी आइ ३ दशमलव ४ वर्ष रहेको समेत आयोगले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कूल अविवाहित महिलामध्ये २०-२४ वर्ष उमेर समूहका २१ प्रतिशत महिला अविवाहित छन् ।

No comments: