News

Nov 21, 2008

गठबन्धन तोडी एमाले सत्ताबाहिर जान सक्ने - केपी ओली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले माओवादीले आफ्नो व्यवहार र चिन्तनमा परिवर्तन नगरे उनीहरूसँग भएको गठबन्धन तोडी एमाले सत्ताबाहिर जान सक्ने बताउनुभएको छ । प्रेस चौतारीले सिरहामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।माओवादीबाट कम्युनिस्ट पार्टीको नाममा जुन हत्या हिंसा भइरहेको छ, त्यसलाई रूपान्तरण गर्नु जरुरी छ भन्नुभयो । एमालेको स्थायी समितिको बैठकले माओवादीद्वारा आफ्ना दुइ कार्यकर्ताको हत्याबारे गम्भीर आपत्ति जनाउंदै त्यस कार्यको घोर भर्त्सना गरिसकेको भन्दै नेता ओलीले सरकारले त्यस्ता अपराधीलाई कडा कारबाही गरेन भने एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।मधेसमा सशस्त्र सङ्घर्ष गरिरहेका समूहलाई वार्तामा आउन आहृवान गर्दै नेता ओलीले देश गणतन्त्रमा गइसकेकाले अब हिंसात्मक क्रियाकलाप गर्नु जरुरी देखिएन, त्यसैले राजनीतिक रूपमा संवादको बाटो खोज्नुपर्छ भन्नुभयो । एक मधेस एक प्रदेशबारे पत्रकारको जिज्ञासामा नेता ओलीले त्यस विषयमा तराइमा रहेका दलहरूबीच नै मतभेद रहेकोले त्यसमा व्यापक छलफल हुनु जरुरी छ भन्नुभयो ।

No comments: