News

Nov 15, 2008

अनेसास हङकङ च्याप्टरको दोस्रो कविता यात्रा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
15 Nov 2008 शनिबारका दिन, अनेसास हङकङ च्याप्टरले देउराली भङ्ज्याङ कविता यात्रा सम्पन्न गर्‍यो । पोखरली युवा समूहको आयोजनाको सशुल्क कविता
वाचनको लागि यहाँ आएका पोखरेली तीन श्रष्टाहरु, सरुभक्त, प्रकट पगेनी शिव र तीर्थ श्रेष्ठका हङकङ बसाइको अत्यन्तै व्यस्त समयको केही समय, अनेसास हङकङ च्याप्टरले भिक्टोरिया पिकको देउरालीसम्म पुगी गर्न लागेको आफ्नो कविता यात्रामा स्थानीय कवि, कवयत्रीहरुका साथ कविता वाचनको यात्रामा सदुपयोग गर्न भ्याएको छ । कामकाजी दिन परेको भए तापनि साहित्यिक उक्त कार्यक्रमकै लागि

भनी डेढ दर्जन साहित्यकारहरुको उत्साहपूर्ण उपस्थिति रहेको उक्त कविता यात्रा, विहानको नौ बजे चिम्साचुइको स्टारफेरीबाट शुरु भई अपरान्ह तीन बजे भिक्टोरिया पिकको उत्तर तर्फको सानो पार्कमा पलेटी कसेर कविताहरुको वाचन गरिएपछि समाप्त भएको थियो । तीन पोखरेली श्रष्टाहरुलाई विषेश अतिथि बनाइएको उक्त कार्यक्रमको सभापतित्व अनेसास हङकङ च्याप्टरका अध्यक्ष मोती चाम्लिङले गरेका थिए भने सञ्चालन च्याप्टरका महासचिव टंक सम्वाहाम्फेले गरेका थिए । उक्त कार्यक्रममा अनेसास केन्द्रिय कमिटीका सचिव पशन तमू समेत अतिथीमा आसीन हुनुहुन्थ्यो । अतिथि कविहरु सरुभक्त, प्रकट पगेनी शिव र तीर्थ श्रेष्ठले विभिन्न रोचक र भावपूर्ण गजल, तथा कविताहरुसहित स्थानीय कवि, कवयत्रीहरु चन्द्र मादेन 'आन्छन्' किराँती भोगेन 'एक्ले' उत्तम न्यौपाने सुरेन लिम्वु लक्ष्मी राई कल्पना आंवुहांग कमल पौडेल रेश्मा गुरुंग आदीले कविता वाचन गर्नु भएकोको थियो भने अनुपस्थित कवि सोम थापा मगरको कविता समेत वाचन गरिएको थियो ।

No comments: