News

Nov 19, 2008

तराइका सशस्त्र समहहरुसँगको वार्ता प्रगतिबारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइका सशस्त्र समहहरुसँगको वार्ता प्रगतिबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आज बुधबार बस्ने भएको छ । सिंहदरबारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा शान्ति तथा पुननिर्माण मन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक जनार्दन शर्मा प्रभाकरले गत शनिवार र आइतवार तराइका विभिन्न स्थानमा भएको अनौपचारिक तथा औपचारिक वार्ताबारे जानकारी गराउनुहुने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा संविधानसभाबाट हालै पारित भएको आर्थिक बर्ष २०६५/६६ को वार्षिक बजेट कार्यान्वयन र निजामती कर्मचारीको काम कारबाहीबारे छलफल हुने जनाइएको छ । विगत लामो समयदेखि बन्न नसकेका विभिन्न आयोग तथा संविधानसभा व्यवस्थापिकामा प्रस्तुत गर्नुपर्ने विधेयक र सरकार सञ्चालनको लागि गठन गरिने भनिएको उच्चस्तरीय राजनितिक संयन्त्रलाई पूर्णता दिनेबारे पनि छलफल हुने बताइएको छ । दलहरुबीच संयन्त्रको नेतृत्वमा विवाद उत्पन्न भएपछि दशैंअघि नै गठन हुने भनिएको संयन्त्र गठ हुन सकेको छैन ।

No comments: