News

Nov 21, 2008

उपत्यकाका सबै निजी विद्यालयमा पठनपाठन ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेवाबाट बर्खास्त गरिएका शिक्षक पुनबहालीको माग गर्दै बिद्यालय कर्मचारी युनियनले आज शुक्रबार उपत्यकाका सबै निजी विद्यालयमा पठनपाठन ठप्प पारेको छ । बन्दका कारण उपत्यकाका करिब १५ सय निजी विद्यालयका करिब ५ लाख विद्यार्थी प्रभावित भएका छन् ।सेवावाट निस्कासित शिक्षकहरुले विद्यालय व्यवस्थापन पक्षसँग पटकपटक पुनबहालीको माग राखे पनि सुनुवाई नभएको भन्दै चरणबद्ध आन्दोलमा उत्रेको युनियनका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।आन्दोलनकै क्रममा अस्ति काठमाण्डौं जिल्लाका निजि विद्यालय बन्द गराएको युनियनले हिजो र आज उपत्यकाका बिद्यालय बन्द गरेको हो । गत मंसिर २ गते बत्तिसपुतलीस्थित देश तिलक माध्यमिक विद्यालयले राजनिति गरेको भन्दै एकै पटक १८ जना शिक्षकहरुलाई अवकास दिएको थियो ।

No comments: