News

Nov 15, 2008

सगरमाथा क्षेत्रमा संकलित फोहर राजधानीमा प्रदर्शन


लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका क्रममा 'इको एभरेस्ट एक्सपिडिसन २००८' को टोलीले संकलन गरेका चारसय किलो फोहर शनिबार राजधानीमा प्रदर्शन गरियो । एसियन ट्रेकिङ्गद्वारा आयोजित कार्यक्रममा एक्सपिडिसन टोलीका नेता दावा स्टेभेन सेर्पाले अक्सिजनका खाली सिलिण्डर, टिनका खाली बट्टालगायतका सामानहरूको पुन अन्य कार्यमा प्रयोग गरिने बताउनुभयो ।कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्वतारोही दावाले सगरमाथा आरोहणका क्रममा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनबाट पर्न लागेको नकारात्मक प्रभाव र हिउँ नदीहरू पग्लदै गइ हिमताल फुट्ने खतराबारे सचेत गराइएको छ ।

No comments: