News

Nov 20, 2008

उपत्यका बन्दले उपत्यकाको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाइसिएलले आफन्तको हत्या गरेको विरोधमा राजधानीका स्युचाटारका स्थानीयवासीले आहृवान गरेको उपत्यका बन्दले उपत्यकाको जनजीवन आज बिहीबार बिहानैदेखि प्रभावित भएको छ । बिहौदेखि हत्याको विरोधमा मृतकका आफन्तहरुले कलंकी, लगनखेल, चाबहिल, मित्रपार्क, सोह्रखुट्टे लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनका कारण काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा यातायात साविक अनुसार चल्न सकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । कलंकीमा टायर बालेर प्रदर्शन थालेका कारण बिहानैदेखि राजधानी बाहिर र राजधानी भित्रने सवारी साधन चल्न सकेका छैनन् । प्रदर्शनकारीहरुले माओवादीले हत्याको जिम्मा लिनुपर्ने, घटनामा संलग्न वाइसिएलले माफी माग्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । गत कात्तिक ४ गते धादिङको मलेखुबाट वाइसिएलको अपहरणमा परेका काठमाडौं स्युचाटारका निर्मल पन्त र पुष्कर डंगोलको शव अस्ति साँझ धादिङको पीडा गाविस-३ खरिया खोलामा फेला परेको थियो ।

No comments: